२०८३ असार २ गते , मंगलबार

कनकाई साप्ताहिक सातौँ वर्षमा

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३१ गते , आईतबार
कनकाई साप्ताहिक सातौँ वर्षमा
झापा । झापाको कनकाई नगरपालिका केन्द्रबिन्दु बनाएर प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाइन सातौँ वर्षमा प्रवेश गरेको छ ।

२०७२ सालबाट नियमित प्रकाशन हुँदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट (ख) वर्गमा समेत वर्गीकृत हुँदै आएको साप्ताहिक पत्रिका हो । कनकाई अनलाइन न्युज पोर्टल समेत नियमित प्रकाशन हुँदै आएको यस साप्ताहिक तथा अनलाइन कनकाई क्षेत्रकै पहिलो न्युज पोर्टल तथा साप्ताहिक हो ।

कनकाई साप्ताहिक सातौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले सम्पूर्ण पाठक, विज्ञापनदाता , लेखक, कर्मचारी तथा शुभेच्छुकमा धन्यावाद दिँदै आगामी दिनमा थप परिमार्जित विषयवस्तु पस्कने प्रतिबद्धता जनाएका छन् ।

कोरोना कहरका बिच पनि अनलाइन र पत्रिका समेत नियमित प्रकाशन गरी जनताको सूचना प्रतिको भोगलाई जगाइराख्न सफल भएको भन्दै यस्तै साथ र सहयोगको सबैसँग सम्पादक झापालीले अपेक्षा राखेका छन् । 

सम्बन्धित समाचार