२०८३ असार २ गते , मंगलबार

बिर्तामोडमा आगलागी, लाखौँको क्षति

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३० गते , शनिबार
बिर्तामोडमा आगलागी, लाखौँको क्षति

झापा । बिर्तामोडको थापा मार्केटमा भएको आगलागीबाट लाखौँको क्षति भएको छ । शुक्रवार बेलुका बिर्तामोडस्थित मुक्ति चोक दक्षिणतर्फको थापा मार्केटको माथिल्लो तल्लामा रहेको ऋद्धि सिद्धी वायर कलेक्सनमा आगलागी भएको थियो । आगो बिर्तामोड, मेचीनगरको वारुण यन्त्र र स्थानीयहरूको सहयोगमा केही बेरमै नियन्त्रणमा लिएको  थियो ।

बिर्तामोड जात्रुबाडी घर भएका सूर्य अधिकारीले उक्त पसल सञ्चालन गर्दै आएका थिए । अधिकारीले १ करोड ५० लाख लगानी रहेको बताएका छन् । पसलको आधा भन्दा धेरै भाग पूर्ण रूपले जलेको छ भने बाकी भागमा आंशिक क्षति पुगेको छ । विद्युतीय चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

क्षतिको यकिन विवरण भने आएको छैन । आगलागी भएको मार्केटमा करिब ३० वटा भन्दा धेरै पसलहरू रहेका छन् । आगलागी भएको दोस्रो सटरमा एक्सल बैङ्कको  कार्यालय रहेको छ । उक्त बैङ्कमा भित्र भित्रै धुवाको मुस्लो फैलिएको थियो भने आगो फैलिन नपाउँदै आगो नियन्त्रणमा लिन सफल भएकोले बैङ्क तथा अन्य पसलहरू क्षति हुनबाट बचेको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले बताए । 

सम्बन्धित समाचार