२०८३ असार २ गते , मंगलबार
बिर्तामोडको एक्सेल बैङ्क रहेको भवन नजिकैको मार्केटमा आगलागी
झापा । बिर्तामोडको थापा मार्केटमा आगलागी भएको छ । बिर्तामोड-४ स्थित मुक्ति चोक नजिकै रहेको एक्सेल बैङ्कको केन्द्रीय कार्यालय समेत टाँसिएको भवनमा शुक्रवार साँझ साढे ७ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगो कपडा पसलमा लागेको बताइएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । आगो बिर्तामोड नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।