२०८३ असार २ गते , मंगलबार

हराएको स्कुटर प्रहरीले सम्बन्धित धनीलाई बुझायो

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २९ गते , शुक्रबार
हराएको स्कुटर प्रहरीले सम्बन्धित धनीलाई बुझायो
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले हराएको स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । बिर्तामोड–५ बाट मङ्गलवार मे९प ८५० नम्बरको स्कुटर हराएको थियो ।

स्कुटर धनीले आफ्नो सवारी साधन हराएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो । सोही क्रममा उक्त स्कुटर अर्जुनधारा–११ स्थित सडकको छेउमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।
उक्त सवारी शुक्रवार सम्बन्धी धनीलाई बुझाइएको बताइएको छ । बिर्तामोड लगायतका क्षेत्रमा पछिल्लो समय मोटरसाइकल र स्कुटर चोरी हुने क्रम बढेको भन्दै प्रहरीले सचेतना अपनाउन सबैसँग आग्रह गरेको छ ।

सम्बन्धित समाचार