२०८३ असार २ गते , मंगलबार

मुसा र साङ्ला मार्न बोलपत्र आह्वान !

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २९ गते , शुक्रबार
मुसा र साङ्ला मार्न बोलपत्र आह्वान !

काठमाडौँ । त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी भएपछि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ ।

मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो ।अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि माग गरिएको छ ।गर्मी मौसम सुरु भएसँगै काठमाडौँमा उडुस र साङ्लाले सताएको पाइन्छ ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयले शिक्षा शास्त्र संकाय अन्तरगत महेन्द्ररत्न क्याम्पसमा एमएड विज्ञान शिक्षा र अधिनास्तक (पीजीडी) तहमा नयाँ भर्ना खुलेको जानकारी दिएको छ ।त्रिविले अनलाइन माध्यमबाट अध्ययन र अध्यापन हुने तीन सेमेष्टर एमएड विज्ञान शिक्षा र अधिनास्तक (पीजीडी) तहमा सामाजिक अध्ययन शिक्षा र गणित शिक्षा कार्यक्रमको लागि फारम वितरण हुने गरी भर्ना आवेदन आह्वान गरेको हो ।



सम्बन्धित समाचार