२०८३ असार २ गते , मंगलबार

मोटरसाइकल दुर्घटनामा परी पत्रकार घिमिरे घाइते

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २८ गते , विहीबार
मोटरसाइकल दुर्घटनामा परी पत्रकार घिमिरे घाइते
झापा । मोटरसाइकल दुर्घटनामा परेर झापाका सञ्चारकर्मी खगेन्द्र घिमिरे घाइते भएका छन् । मेची राजमार्ग अन्तरगत इलामको हर्कटेमा मोटरसाइकल दुर्घटनामा परेर छड्के अनुसन्धान साप्ताहिकका सम्पादक समेत रहेका घिमिरे घाइते भएका हुन् ।
समाचार संकलनको क्रममा झापाबाट इलाम जाँदै गर्दा बाटोमा दुर्घटना भएको बताइएको छ । उनको हात र खुट्टामा चोट लागेको छ । इलामको फिक्कलस्थित प्राथमिक स्वास्थ्य कार्यालयमा उपचार भैरहेको छ ।

सम्बन्धित समाचार