२०८३ असार २ गते , मंगलबार

झापामा निषेधाज्ञा कायमै, व्यवसायीको विरोध

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २८ गते , विहीबार
झापामा निषेधाज्ञा कायमै, व्यवसायीको विरोध

झापा । झापामा एक लाख सात हजार ९ सय ९१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा उपलब्ध भएको कोभिशिल्ड लगाउन अन्कनाएका झापाली दोस्रो र तेस्रो चरणमा आएको खोप लगाउन भने धेरै इच्छुक देखिए । भारतले पहिलो चरणमा नेपालका लागि १० लाख डोज कोभिशिल्ड उपलब्ध गराएको थियो । कोभिशिल्ड लिएकाहरुलाई पुनः उपलब्ध नहुँदा सरकारले चीनसंग र अमेरिकासंग सहकार्य गर्दै भेरोशिल्ड र जोनसोन खोप ल्याएर दोस्रो र तेस्रो चरणमा खोप बितरण गरिएको छ । अहिले कोरोनाविरुद्धको खोप लगाउनेको तँछाड–मछाड देख्न सकिन्छ ।

कोभिडको संक्रमण दर उच्च देखिएसंगै मृतकको संख्या समेत बढेपछि कोरोनाविरुद्धको भ्याक्सिन लगाउने इच्छुक धेरै देखिएका हुन् । उमेर समूह तोकेर खोप लगाउने भनेपनि १८ वर्ष माथिका पहुँचवाला अधिकांशले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार भेरोशिल्ड खोप लगाउनेको संख्या झापामा ६३ हजार १ सय १६ जना रहेको छ । जसमा सबैभन्दा धेरै मेचीनगरवासीले यो खोप लगाएका छन् । मेचीनगरमा मात्रै साउन १९ गते मंगलवारसम्ममा ९ हजार दुई सय जनाले यो खोप लगाएका हुन् ।

मेचीनगरपछि बिर्तामोडबासीले धेरै भेरोशिल्ड खोप लगाएको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । बिर्तामोड नगरपालिकामा ८ हजार २ सय १४ जनाले यो खोप लगाएका छन् । झापा र गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा थोरैले भेरोशिल्डखोप लगाइएको पाइएको छ । झापा गाउँपालिकामा एक हजार ७ सय १३ र गौरीगञ्ज गाउँपालिकामा १ हजार ७ सय ४३ जनाले मात्रै यो खोप लगाएका छन् ।

त्यस्तै ३ हजार एक सय ९९ जना वुद्धशान्तिवासीले यो खोप लगाएका छन् । अर्जुनधारा नगरपालिकाका ३ हजार ९ सय ९३ जनाले खोप लगाएका छन् । कनकाईमा तीन हजार ९६ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । शिवसताक्षी नगरपालिकामा चार हजार ७ सय ३० जनाले खोप लगाएका छन् भने कमल गाउँपालिकामा दुई हजार आठ सय ६० जनाले खोप लगाएको पाइएको छ । दमक नगरपालिकामा ६ हजार ४ सय जना, गौरादहमा चार हजार आठ सय, वाह्रदशी गाउँपालिकामा दुई हजार ३६ जना र हल्दिवारी गाउँपालिकामा दुई हजार ४ सय जनाले यो खोप लगाएका छन् । उता कचनकवल गाउँपालिकामा भने भेरोशिल्ड खोप लगाउनेको संख्या दुई हजार ६० रहेको छ ।

जोनसोन खोप लगाउनेको संख्या हालसम्म ४४ हजार ८ सय ७५ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्षन जीवन चम्लागाँईका अनुसार जोनसोन खोप लगाउनेमध्ये सबैभन्दा धेरै दमकवासी छन् । दमकमा मात्रै यो खोप ९ हजार २ सय ५९ जनाले लगाएका छन् । जोनसोन खोप लगाउनेमध्ये मेचीनगरमा ७ हजार ७ सय ६०, वुद्धशान्ति एक हजार ६ सय ६८, अर्जुनधारा ३ हजार चार सय ६३, कनकाई दुई हजार १०, शिवसताक्षी तीन हजार एक सय ९०, कमल गाउँपालिका दुई हजार दुई सय ४०, गौरादह २ हजार ३९ र गौरीगञ्ज गाउँपालिकामा एक हजार तीन सय ३९ जना रहेका छन् ।

त्यस्तै झापा गाउँपालिकामा एक हजार ५ सय ७१ जनाले खोप लगाएका छन् । बाह्रदशी गाउँपालिकामा १४ सय जनाले जोनसोन खोप लगाएका छन् । बिर्तामोडमा चार हजार ३, हल्दिवारीमा एक हजार ३ सय १२, भद्रपुरमा २ हजार २ सय ३६ र कचनकवल गाउँपालिकामा एक हजार ३ सय ९१ जनाले यो खोप लगाएका छन् । एक लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाए पनि कोरोना संक्रमणको दर भने अझैं उच्च रहेको छ । दुई सातादेखि कोरोनाको जोखिम कम गर्न जिल्लामा निषेधाज्ञा जारी गरिएको भए पनि कोरोना संक्रमण दर उच्च रहेको छ ।

नागरिक तहबाट निरन्तर भइरहेको बेवास्ताका कारण झापामा कोरोना भाइरसको संक्रमण अनियन्त्रित बन्दै गएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच संक्रमितको संख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । हालसम्म झापामा कोरोना संक्रमणका कारण ४९२ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन चौलागाँईले जानकारी दिए । दोस्रो लहर पश्चात मात्रै १३९ जना महिला र २ सय २२ पुरुषको मृत्यु भएको छ ।

उमेर समूहलाई हेर्दा १८ वर्षमुनिमा संक्रमण दर ९ दशमलव २४ रहेको छ । १९देखि ९० वर्ष उमेर समूहमा संक्रमण दर ७९ दशमलव १० प्रतिशत रहेको छ । ७१ वर्षमाथि ११ दशमलव ६६ प्रतिशत रहेको छ । कोरोना संक्रमणबाट ८० दशमलव ७७ प्रतिशत मानिस निको भएका छन् । संक्रमण फैलिएपछि कोरोना संक्रमणको चेन ब्रेक गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले साउन १६ गते मध्यरातिदेखि झापामा निषेधाज्ञा जारी गरेको थियो । संक्रमितको बढ्दो संख्याले संक्रमण नियन्त्रण बाहिर जाने खतराकाबीच पनि निषेधाज्ञाको विकल्प खोजिनुपर्ने व्यवसायीले माग गरिरहेका छन् ।

यता झापामा गरिएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रशासनले व्यवसायीलाई कारवाही शुरु गरेको छ । निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै व्यवसायीलाई २० हजार रुपैयाँ जरिवाना गरेसंगै व्यवसायीले त्यसको चर्को विरोध गरेका छन् । होटल खोलेको निहुँमा बिर्तामोड–५मा फुटस्टेप होटल सञ्चालन गर्ने तिलहाङ लिम्बूलाई २० हजार रुपैयाँ जरिवाना तिराएको थियो । सो को बिरोधमा बिर्तामोड उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्श झापा, सहित विभिन्न संघ–संस्थाले विरोध जनाएका हुन् ।

चेम्वर अफ कमर्श झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य ओमकृष्ण बिमली, प्रदेश १ उपाध्यक्ष सन्तोष अग्रवाल, महासचिव प्रदीप खरेल, अर्जुनधारा चेम्बर अफ कमर्शका अध्यक्ष पुष्पराज रेग्मी, मेचीनगर अध्यक्ष राजेन्द्र ढकाल, कनकाई अध्यक्ष मिनाल तिम्सिनाले संयुक्त विज्ञप्ति जारी गर्दै बिर्तामोडका व्यवसायीमाथिको घटना विभेदकारी भएको ठहर गरेको छ । जसको चेम्वर अफ कमर्श घोर निन्दा र भत्र्सना गर्दछ– विज्ञप्तिमा भनिएको छ ।

परिस्थिति नबुझी सफाइको मौकामा समेत नदिई जरिवाना गरेको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले संघको ध्यानाकर्षण भएको जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत जिल्ला प्रशासन कार्यालय झापाको कार्य प्रति विरोध जनाएका हुन् । ध्यानाकर्षण पत्रमा अध्यक्ष शिवाकोटीले लेखेका छन्– मुलुक सञ्चालनमा महत्वपूर्ण योगदान गर्ने उद्योगी, व्यवसायी कोरोना महामारी र निषेधाज्ञाका कारण बैंकको ऋणको व्याज समेत तिर्न नसक्ने र साना व्यवसायीहरु परिवारको खर्च समेत धान्न नसक्ने अवस्थामा छन् भने अर्कोतर्फ यस क्षेत्रका व्यवसायीहरुलाई कोरोनाबिरुद्धको खोपबाट वञ्चित गरिएको छ । समस्या र पीडाको बीचमा सामान्य विषयमा यति ठूलो कारवाही गरेर प्रशासनले उद्योगी व्यवसायीलाई कुन दृष्टिकोणले हेर्छ भन्ने कुरा प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।

सबै क्षेत्र खुल्ला हुने तर उद्योग व्यवसाय बन्द गरेर बस्नुपर्ने कहिलेसम्म हो रु महामारीको समयमा सरकार र स्थानीय प्रशासनबाट उद्योगी, व्यवसायीमाथि गम्भीर विभेद र पक्षपात भइरहेको हामीले अनुभूत गरेका छौं । कि खोल्दा सबै क्षेत्र खुल्ला गर्नुप¥यो कि पूर्ण बन्द हुनुप¥यो– ध्यानाकर्षण पत्रमा भनिएको छ । प्रशासनको यस्तो कार्यले व्यवसायीहरुलाई पीडामाथि पीडा दिएको अनुभूति भएको छ । अतः तत्काल निर्णय सच्याउन, सबै व्यवसायीलाई तत्काल खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्ड अनुसार व्यवसाय सञ्चालनको वातावरण बनाउन हामी स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौं– अध्यक्ष शिवाकोटीले उल्लेख गरेका छन् ।

त्यसैगरी कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेतीले पनि प्रशासनको उक्त कार्यप्रति बिरोध जनाएका छन् । उनले लेखेका छन् – बिर्तामोडका होटल व्यवसायीमाथिको दण्ड जरिवाना खेदयोग्य छ । दलका ¥याली र प्रदर्शनमा कहाँ छ प्रशासन रु किन तमासे मात्रै बन्छ रु लकडाउन समस्याको समाधान होइन तर खोई त खोप रु व्यवसायीहरुमाथिको निरन्तर प्रहार निन्दनीय छ । कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेको अवस्थामा एकातर्फ व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखिरहेका छन् भने अर्कोतर्फ प्रशासनले कोरोना संक्रमणको दर घटाउन निषेधाज्ञा कायमै राखेको छ ।

सम्बन्धित समाचार