२०८३ असार २ गते , मंगलबार
कुटाकुट हुँदा एक जनाको मृत्यु, एक गम्भीर
ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धचरण नगरपालिका–५ चित्रे बाटोमा सोही स्थानका ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ वर्षीय आङगुबु शेर्पा बिच झगडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।
मङ्गलवार राती भएको झगडामा दुवै जना गम्भीर घाइते भई सामुदायिक मिसन अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमा नै उपचार भइरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।