२०८३ असार २ गते , मंगलबार

कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २७ गते , बुधबार
कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

झापा । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। घिसिङले आज नियुक्तिपत्र बुझ्ने उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूषालको सचिवालयले जनाएको छ। 

२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएकोमा सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको हो। नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो तर यसअघिको केपी ओली नेतृत्वको सरकारले  नियुक्ति दिएको थिएन। कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई जिम्मेवारी दिइएको थियो। घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद सचिव सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय सरकारले गरेको छ।

सम्बन्धित समाचार