२०८३ असार २ गते , मंगलबार

धरानको भानुचोकमा भीषण आगलागी

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २६ गते , मंगलबार
धरानको भानुचोकमा भीषण आगलागी
झापा । सुनसरीको धरानस्थित भानु चोकमा भीषण आगलागी भएको छ । धरानको मुख्य चौक भानु चोकको घण्टाघर पूर्वपट्टिको घरमा आगलागी भएको हो । धरान उप-महानगरपालिका २ का भूपेन्द्र परालीको घरमा आगलागी भएको जनाइएको छ । 
परालीको घरमा रहेको कस्मेटिक पसल सहित २ वटा सटरमा आगलागीबाट क्षति भएको छ । धरान उपमहानगरपालिकाको दुई वटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

सम्बन्धित समाचार