२०८३ असार २ गते , मंगलबार

निषेधाज्ञा उल्लङ्घन गर्ने बिर्तामोडको एक होटेललाई २० हजार जरिवाना

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २६ गते , मंगलबार
निषेधाज्ञा उल्लङ्घन गर्ने बिर्तामोडको एक होटेललाई २० हजार जरिवाना
झापा । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरी होटेल सञ्चालन गर्ने बिर्तामोडका एक होटेल सञ्चालकलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ । सोमबार राती साढे १० बजे बिर्तामोड नगरपालिका-५ स्थित फुट स्टेप नामको होटेल निषेधाज्ञा उल्लङ्घन गरी सञ्चालन गर्ने बिर्तामोड नगरपालिका-५ बस्ने ३२ वर्षीय तिलहाङ लिम्बुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक कारबाहीको लागि मङ्गलवार जिल्ला प्रशासन कार्यालय पठाइ बिस हजार रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार