२०८३ असार २ गते , मंगलबार
भद्रपुर रोटरीद्वारा ट्राफिक प्रहरीलाई स्मार्ट टेलिभिजन
भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीको सभाकक्षमा आज आयोजित संक्षिप्त कार्यक्रमका बिच ३२ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको हो ।
मापसेका कारण पक्राउ परेका तथा टाफिकनियम उल्लङ्घन गरेकाहरूलाई सचेतना कक्षा लिन सहयोगी सामग्रीको रुपमा उक्त टेलिभिजन प्रयोग गरिने चन्द्रगढीका ट्राफिक इन्चार्ज जनक तिम्सिनाले बताए । सो सामग्री रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विगत ओझा लगायत रोटरीयनहरुले ट्राफिक इन्चार्ज तिम्सिनालाई हस्तान्तरण गरेका थिए ।