२०८३ असार २ गते , मंगलबार
मेचीनगरको निन्दा खोलामा एक महिलाको शव फेला
झापा । झापाको निन्दा खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । मङ्गलवार बिहान साढे ९ बजे मेचीनगर नगरपालिका १५ निलकोठी स्थित निन्दा खोलाको बिच भागमा सोही नगरपालिका निवासी ६० वर्षीया सलकी भेसरा (र्मुर्मु) को शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । महिलाको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको छ ।
पहिचान नखुलेको महिलाको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीको प्रहरी टोली घटनास्थल पुगेका थिए । शवको पहिचान नखुलेको अवस्थामा मृतकका छोरा हुपना र्मुर्मुले मेरो आमा हो भनी पहिचान गरेका थिए ।