२०८३ असार २ गते , मंगलबार

खोलाले बगाउँदा आमाछोराको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २५ गते , सोमबार
खोलाले बगाउँदा आमाछोराको मृत्यु

झापा । दाङको ग्वार खोलाले बगाउँदा  आज आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा  तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती  रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो । उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । रासस

सम्बन्धित समाचार