२०८३ असार २ गते , मंगलबार
बिरिङ खोला किनारमा एक युवकको शव फेला
झापा। झापा गाउँपालिकाको पन्थापाडास्थित बिरिङ खोलाको किनारमा एक बेवारिसे शव फेला परेको छ । आइतबार राति साढे ८ बजे अन्दाजी ३५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कुमरखोदका अनुसार शव कसको हो भन्ने पहिचान खुल्न सकेको छैन ।
शवको डिएनए परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सड्न लागेको शवको पहिचान खुल्न नसकेको हुँदा आवश्यक थप अनुसन्धानका लागि धरान पठाइएको हो । शवलाई धरान पठाउन आवश्यक पर्ने खर्चका लागि स्थानीय युवा व्यवसायीहरुले सहयोग गरेको जनाइएको छ ।