२०८३ असार २ गते , मंगलबार
बिर्तामोडकी एक महिला पक्राउ
झापा । बैङ्किङ कसुर मुद्दामा फरार रहेकी बिर्तामोडकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड ९ बस्ने ३६ वर्षिया गायत्री भंगड हुन् । उच्च अदालत विराटनगर इलाम इजलास इलामको २०७६ पुस २३ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा गायत्रीलाई एघार दिन कैद र ८ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । उनी ११ दिन न्यायिक हिरासतमा बसेकी थिइन् भने ५० हजार रुपैयाँ धरौटी बुझाएकी थिइन् ।
कैद र जरिवाना फैसला भई हालसम्म फरार रहेका गायत्रीलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आज झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । उनले जरिवाना बापतको रकम दाखिला गर्न नसकेपछि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।