२०८३ असार २ गते , मंगलबार

कचनकवल नाकाबाट भित्राएको ५ लाख बढीको कपडा भद्रपुरमा बरामद

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २४ गते , आईतबार
कचनकवल नाकाबाट भित्राएको ५ लाख बढीको कपडा भद्रपुरमा बरामद

झापा । चाडपर्व नजिकिएसँगै झापाका सीमा नाकाबाट अवैध रुपमा भन्सार छलेर सरसामान भित्रिन थालेको छ  । यसै क्रममा सशस्त्र प्रहरीले शनिबार राती पाँच लाख बढी मूल्य बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरले करिब ५ लाख १९ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरेको छ ।

सो कपडा कचनकवल गाउँपालिका– ५ स्थित पाठामारी नाकाबाट भन्सार छलेर भित्राइएको हो ।  भन्सार छलेका चार पोका कपडा बनियानीबाट भद्रपुरतर्फ आइरहेको विशेष सूचनाको आधारमा विओपी भद्रपुरका प्रहरी निरीक्षक बिभुराज दाहाल नेतृत्वमा खटिएको टोली शनिवार साँझ साढे ८ बजे भद्रपुर– ४ स्थित रंगियाडाडाबाट बरामद गरेको हो । बरामद गरिएको कपडाका बोरामा २०७८ थान टी–सर्ट रहेको छ ।  बरामद गरिएको कपडालाई आइतबार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको डिएसपी भण्डारीले जानकारी दिए । सो कपडा बनियानीका लाइनमेन कुनाल भन्नेले भित्राएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । गत मंगलबार विहान पनि सशस्त्र प्रहरीले भद्रपुर नाकाबाट भन्सार छलेर भित्राएको ९ पोका अर्थात ४ लाख ४४ हजार मुल्य बराबरको कपडा बरामद गरेको थियो । 

सम्बन्धित समाचार