२०८३ असार २ गते , मंगलबार

ट्राफिक प्रहरीद्वारा झापामा 'नेपाल मास्क अभियान' सुरु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २४ गते , आईतबार
ट्राफिक प्रहरीद्वारा झापामा 'नेपाल मास्क अभियान' सुरु

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले 'नेपाल मास्क अभियान' सुरु गरेको छ । सरकारले शनिवारदेखि 'नेपाल मास्क अभियान' सुरु गरेसँगै झापामा पनि मास्क अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान सुरु गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्त्व बुझाउन अभियान सुरु गरेको पहरी निरीक्षक चापागाईँले बताए । अभियानमा मास्क लगाउनुको महत्त्व बुझाइने र मास्क सही प्रयोग भए नभएको अनुगमन गरिने बताइएको छ । अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै ट्राफिक प्रहरी निरीक्षक चापागाईँले भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।

अभियान अन्तर्गत आइतबार बिर्तामोड स्थित पश्चिम बस स्टेण्ड छेउमा गरिएको कार्यक्रममा ट्राफिक प्रहरीले तपाईँको मास्क खै ?, मास्क सही तरिकाले लगाउनुभयो , हिड्डुल गर्दा मास्क लगाऔँ लगायतका प्ले कार्ड र ब्यानर सहित सचेतना मूलक कार्यक्रम गरेका थिए । कार्यक्रममा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र,इलाका प्रहरी कार्यालय अनारमनिको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार