२०८३ असार २ गते , मंगलबार
मुखियासहित आठ पत्रकारलाई फोनिज अवार्ड
झापा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले आठजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । फोनिजको २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा साउन २७ गतेका दिन पत्रकारहरुलाई पुरस्कार दिने निर्णय भएको हो ।
सल्लाहकार अनिता गुरुङको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसमा फोनिजले पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कृत पत्रकारहरुमा कुमार यात्रु, राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन, मौसम रोकामगर, रचना श्रेष्ठ, इन्द्रजित मुखिया र भवानी बराल छन् ।
त्यसैगरी यसै वर्षबाट स्थापित फोनिज मातृभाषा पत्रकारिता सम्मानबाट पहुरा दैनिक र तान्छोपा मासिकलाई संयुक्त रुपमा सम्मानित गरिने भएको छ ।