२०८३ असार २ गते , मंगलबार
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजविरुद्ध सुकुम्बासी आन्दोलित
झापा । नेपाल भूमिहीन सुकुम्बासी संगठनले सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै आन्दोलनको कार्याक्रम घोषण गरेको छ। संगठनले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विरोधका कार्याक्रम सार्वजनिक गरेको हो।
विज्ञप्तिमा साउन २२ गते ९भोलि० ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने उल्लेख छ। २३ गते देशभरका भूमिहीन सुकुम्बासी अव्यवस्थित वस्तीहरूमा जानकारी तथा जागरण कार्याक्रम गरिने तथा २४ गते जिल्लाभरी विरोधसभा कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख छ।