२०८३ असार २ गते , मंगलबार

पत्रकार वाग्लेद्वारा जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २० गते , बुधबार
पत्रकार वाग्लेद्वारा जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग

झापा ।  नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य अनिल वाग्लेले आफ्नो जन्मोत्सवको अवसर पारी बुधवार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

हाल कोरोना संक्रमण भएर स्वास्थ्य लाभ गरिरहेका वाग्लेले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम बैङ्कमा जम्मा  गरेका हुन् । बुधबारे जेसीज सन् २०२१ अध्यक्ष, प्रेस क्लब बुद्धशान्तिका अध्यक्ष, एभरेस्ट साबुन उद्योगका सञ्चालक, पूर्वेली  साप्ताहिकका सम्पादक समेत रहेका झापा बुद्धशान्ति निवासी वाग्ले डेढ दशकदेखि पत्रकारितामा छन् । जन्मोत्सवको शुभ अवसरमा झापाली पत्रकारहरूको हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । 

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैँ अरूले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार वाग्लेले बताएका छन् । महासंघ झापा शाखाले सङ्घ–संस्था, सहकारी, बैङ्क, दाता सबै क्षेत्रलाई एक पटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

सम्बन्धित समाचार