२०८३ असार २ गते , मंगलबार

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १९ गते , मंगलबार
कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

झापा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । 

झण्डै एकवर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।  दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको शाख उचो पारेका थिए ।  त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन । रातोपाटीबाट

सम्बन्धित समाचार