२०८३ असार २ गते , मंगलबार

 इलाममा आजदेखि निषेधाज्ञामा थप कडाई

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १९ गते , मंगलबार
 इलाममा आजदेखि निषेधाज्ञामा थप कडाई

इलाम । इलाममा आजदेखि निषेधाज्ञामा थप कडाई गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढेपछि २५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञामा कडाई गरिएको हो ।

निषधाज्ञा अवधिभर निजी तथा सार्वजनिक यातायात, पसल, बैँक समेत बन्द रहने छन् । तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्म मात्र खोल्न दिइने ईलामका प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर खड्काले जनकारी दिए ।

परीक्षार्थीहरुलाई सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किने बाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको पनि प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार