२०८३ असार २ गते , मंगलबार

बिर्तामोड खोप प्रकरण : सात बुँदे सहमति पश्चात् नगरपालिकाको ताला खुल्यो

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १७ गते , आईतबार
बिर्तामोड खोप प्रकरण : सात बुँदे सहमति पश्चात् नगरपालिकाको ताला खुल्यो

झापा बिर्तामोड नगरपालिकामा लगाएको ताला ३० घण्टापछि खुलेको खोप प्रकरणको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा आइतबार बसेको सर्वपक्षीय भेला गरिएको सात बुँदे सहमति पश्चात् नगरपालिकाको ताला खोलिएको हो

सर्वपक्षीय भेलाले साउन १५ गते बिर्तामोड नगरपालिका- स्थित टायमलेस मोमेन्ट होटेलमा कोभिड१९ विरुद्धको चाइनिज भेरोसिल खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खडका शङ्कास्पद अवस्थामा परेको सम्बन्धमा बैठकमा अत्यन्त गम्भीर छलफल भएको सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले शनिवार नै सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा छानबिन समिति गठन गरी सात दिन भित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेकोछ   यो बैठकले उक्त विषयमा सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाही गर्न अनुरोध गर्ने साथै छानबिनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरिएको

 त्यस्तै फोकल पर्सन खडकालाई उक्त जिम्मेबारीबाट तत्काल अलग गर्न नगरपालिकालाई अनुरोध गर्ने, कोभिड- १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्राप्त खोपलाई व्यवस्थापन गर्न सर्वदलीय संयन्त्र (वडा स्तरीय) निर्माण गरी कार्यान्वयन गर्न नगरपालिकालाई अनुरोध गर्ने, खोप प्रकरणपछि उत्पन्न परिस्थितले नगरपालिकामा लगाइएको ताला खोली नगरको प्रशासनिक कामकाज सुचारु गर्ने, बिर्तामोड नगरपालिकालाई हालसम्म प्राप्त भएका खोपहरूको विवरण सार्वजनिक गर्ने, हालसम्म नगरपालिकाले कोभिड- १९ को रोकथाम, नियन्त्रण उपचारका लागि भएको आम्दानी खर्चलाई सार्वजनिक गर्ने अव उप्रान्त तोकिएको उमेर समूहका व्यक्तिहरूलाई मात्र खोप उपलब्ध गराउने निर्णय गरिएको  

बैठकमा नगरपालिकाका मेयर धुव्रकुमार सिवाकोटी, प्रदेश सांसद एकराज कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, नेपाली काँग्रेसका नगर सभापति भोजराज सिटौला, नेकपा माओवादीका मोहन सुब्बा, नेकपा एमालेका उमनाथ ओली, राप्रपाकी नगर अध्यक्ष रंन्जु प्याकुरेल, जसपाका नगर अध्यक्ष तिलबहादुर राई, उद्योग वाणिज्य सङ्घका प्रकाश सिवाकोटी, इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी सन्तोष आचार्य, विद्यार्थी सघंसंगठनका नेता, वडा अध्यक्षहरू लगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए

 यता नगरपालिकाका स्वास्थ्य कर्मचारी खडकालाई कारबाही माग गर्दै विरोधमा उत्रिएका स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी सङ्घ झापा अखिल क्रान्तिकारी झापाले नगरपालिको प्रशासनिक भवनमा शनिवार बिहान संयुक्त रुपमा तालाबन्दी गरेका थिए त्यस्तै विद्यार्थी सङ्गठनसहित विभिन्न संघसंगठनहरुले पनि छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कडा कारबाहीको माग अघि सारेका थिए

सम्बन्धित समाचार