२०८३ असार २ गते , मंगलबार

नेपाल-भारत मैत्री सङ्घको केन्द्रीय सदस्यमा गिरी, सल्लाहकारमा पोखरेल

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १७ गते , आईतबार
नेपाल-भारत मैत्री सङ्घको केन्द्रीय सदस्यमा गिरी, सल्लाहकारमा पोखरेल

भद्रपुर । नेपाल-भारत मैत्री सङ्घको केन्द्रीय सदस्यमा उद्योगपति छत्रबहादुर गिरी मनोनीत भएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको अध्यक्षतामा बसेको बैठकले गिरीलाई सङ्घको केन्द्रीय सदस्यमा मनोनयन गरेको सङ्घका झापा अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिए ।

बिर्तामोड नगरपालिका-६ निवासी गिरी  बिर्तामोडस्थित गिरी बन्धु टी इस्टेट सञ्चालक हुन । उनले नेपाल परिवार नियोजन सङ्घको दुई कार्यकालसम्म अध्यक्ष रहेर सामाजिक व्यक्तित्वको पहिचान समेत बनाइसकेका छन् । त्यस्तै सोही बैठकले पूर्व सांसद पुष्पराज पोखरेललाई सङ्घको सल्लाहकारमा मनोनयन गरेको छ। भद्रपुर-७ निवासी पोखरेल नेकपा एमालेमा आबद्ध छन् । 

सम्बन्धित समाचार