२०८३ असार २ गते , मंगलबार

झापामा आजदेखि कडा निषेधाज्ञा : खाद्यान्न पसलदेखि सरकारी कार्यालयका सेवासम्म ठप्प

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १६ गते , शनिबार
झापामा आजदेखि कडा निषेधाज्ञा : खाद्यान्न पसलदेखि सरकारी कार्यालयका सेवासम्म ठप्प

झापा । झापामा आज रातिदेखि कडा निषेधाज्ञा हुने भएको छ । विभिन्न स्थानीय तहले पालिकाहरूमा संक्रमण बढेको भन्दै लकडाउन गरिरहेका बेला जिल्ला प्रकाशन कार्यालय झापाले शनिवार राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।

केही दिनदेखि झापामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेपछि जिल्ला प्रशासनले कडा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। बिहीबार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्ने भन्दै प्रशासनले अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन समेत रोक लगाएको छ। त्यस्तै अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी र सार्वजनिक कार्यालय बाहेक अन्य कार्यालयहरू समेत सञ्चालन नगर्न निर्देशन दिइएको छ। खाद्यान्न लगायतका अन्य पसलहरू बन्द गर्ने निर्णय गरिएको छ । 

बैङ्क तथा वित्तीय संस्थामा माथिल्लो निकायबाट स्वकृति लिएर न्यून कर्मचारी राखेर हप्तामा तीन दिन आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ। त्यस्तै हरियो तरकारी, माछा मासु, दुग्ध जन्य पदार्थ लगायत अत्यावश्यक सामाग्रीका पसलहरू भने बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउनेछन्।

अत्यावश्यक सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधनलाई पूर्ण रोक लगाइएको छ। तर, पूर्वपश्चिम राजमार्गमा चल्ने लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई भने सञ्चालन गर्न पाउने छन्। पछिल्ला केही दिनयता झापामा दैनिक दुई सयको हाराहारीमा सङ्क्रमित थपिँदै गएका छन्।

सम्बन्धित समाचार