२०८३ असार २ गते , मंगलबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा विष्ट दम्पतीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १३ गते , बुधबार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा विष्ट दम्पतीको मृत्यु

झापा । झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । मङ्गलवार राती १०:१२ बजे दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २ –०३ –०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८७३० नं को ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक कनकाई नगरपालिका ३ बस्ने ४३ वर्षीय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षीया भीमा विष्टको मृत्यु भएको हो ।

उनीहरू सुरुङ्गाको हेवन होटेलका सञ्चालक हुन् । घाइतेहरूलाई उपचारका लागि लाइफलाइन अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुर्घटनापछि ठक्कर दिने ट्रक र ट्रक चालक विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार