२०८३ असार २ गते , मंगलबार

एफक्यानका अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १२ गते , मंगलबार
एफक्यानका अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंहसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  पुष्पलाल (मध्यपहाडी) मध्यपहाडी राजमार्ग निर्माण क्रममा अनधिकृत रूपमा रकम लिएर भ्रष्टाचार गरेको सिंहसहित ५ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

राजमार्ग योजना अन्तर्गत चेनेज ४२+००० देखि ८८+५५०० खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्द तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध बिगो रकम मागसहित मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।

उक्त ठेक्कामा निर्माण स्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी 'भेरिएशन' हुनपर्ने भन्दा फरक ब्यहोराको 'भेरिएशन' पेश गरिएको भन्दै त्यतिखेर कार्यरत इञ्‍जिनियर दीपककुमार खड्का, सव-इन्जिनियर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाल र महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवी सिंहमाथी मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए। सार्वजनिक खरिद नियमावली अनुसार भेरिएशन नगराई, इृष्टिमेटविपरीत विना कुनै निर्णय फिल्डमा काम गरी/गराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारेर रकम लिएको देखिएको रिमालले बताए।

'एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरी, एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप भई एउटा ठेक्काबाट शर्त अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसके पछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई बिल तयार पारी भुक्तानी लिने/दिने कार्य गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५० पैसा हिनामिना तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएको छ', आयोगले जारी गरेको विज्ञप्तिमा लेखिएको छ। थाहाखबरबाट

सम्बन्धित समाचार