२०८३ असार २ गते , मंगलबार

उडेको केहीबेरमै बुद्धका दुई विमानको आकस्मिक अवतरण

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ११ गते , सोमबार
उडेको केहीबेरमै बुद्धका दुई विमानको आकस्मिक अवतरण

काठमाडौं । त्रिभुवन विमानस्थलबाट धनगढी र नेपालगञ्जका लागि उडेका बुद्ध एयरका दुई विमान उडेको केहीबेरमा काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ।  काठमाडौंबाट धनगढीका लागि उडेको विमान हाइड्रोलिकमा समस्या देखिएपछि दुर्घटनाको जोखिमका कारण बीचबाटै काठमाडौं फर्किएको थियो।

उडेको केहीबेरमा समस्या देखिएपछि चालकले विमानलाई काठमाडौं फर्काएर आकस्मिक अवतरण गरेको बुद्ध एयरका निर्देशक रुपेश जोशीले जानकारी दिए।  नेपालगञ्ज उडेको विमानमा भने यात्रु बेहोस भएपछि काठमाडौं फर्किएको थियो। उडेको २० मिनेटमै एक जना यात्रु बेहोस भएपछि विमान काठमाडौं फर्किएर अवतरण गर्‍यो, जोशीले भने।  उनका अनुसार दुवै उडानका यात्रुलाई आजै गन्तव्यमा पुर्‍याइएको छ।

सम्बन्धित समाचार