२०८३ असार २ गते , मंगलबार

भद्रपुर नाकाबाट सुर्तीजन्य पदार्थको तस्करी, प्रहरीद्धारा एक लाख बढीको रजनीगन्धा र तुलसी बरामद

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ११ गते , सोमबार
भद्रपुर नाकाबाट सुर्तीजन्य पदार्थको तस्करी, प्रहरीद्धारा एक लाख बढीको रजनीगन्धा र तुलसी बरामद

भद्रपुर । पछिल्लो पटक भद्रपुर नाकाबाट प्रतिबन्धित सुर्तीजन्य पदार्थको तस्करी बढेको छ । कारोबारी तथा लाइनमेनले भारतको गलगलिया बजारबाट खरिद गर्ने सुर्तीजन्य पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्राइरहेका छन् । प्रतिबन्धित सुर्तीजन्य पदार्थका तस्करी मौलाएसँगै वडा प्रहरी कार्यालय भद्रपुरले त्यसतर्फ सक्रियता बढाएको छ । यस क्रममा वडा प्रहरी कार्यालयले सोमबार बिहान २ बजे १ लाख ३९ हजार मूल्य बराबरको सामान बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । 
भद्रपुर ५ स्थित मेची पुल उत्तर खेतबारीबाट महिलाहरूले बोरामा हालेर तस्करीको माध्यमबाट नेपाल भित्राउने खोजेका ल्याउन खोजेका ५३ बट्टा रजनीगन्धा, ५३ बट्टा तुलसी जर्दा, एक सय केजी बाबा खैनी र ६० केजी ढाका पापड बरामद गरेको छ । बरामद गरिएको सामानलाई १ लाख ३९ हजार ७ सय मुल्याकंन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ । वडा प्रहरीले केही दिन अघि भद्रपुर ५ स्थित देवीबस्ती नाकाबाट १७ हजार मूल्य बराबरको बाबा खैनीसहित एक कारोबारीलाई नियन्त्रणमा लिएको थियो । खैनीसहित नियन्त्रणमा लिएका कारोबारीलाई भद्रपुर भन्सार कार्यालय बुझाएको थियो । 

सम्बन्धित समाचार