२०८३ असार २ गते , मंगलबार

चेम्बर अफ कमर्स प्रदेश १ को उपाध्यक्षमा सन्तोष अग्रवाल

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १० गते , आईतबार
चेम्बर अफ कमर्स प्रदेश १ को उपाध्यक्षमा सन्तोष अग्रवाल

बिर्तामोड । झापा, बिर्तामोडस्थित सन्तोष भेराइटिजका सञ्चालक सन्तोष अग्रवाल चेम्बर अफ कमर्स प्रदेश नम्बर १ को उपाध्यक्षमा चयन भएका छन् ।
मोरङको विराटनगरमा आयोजित संक्षिप्त कार्यक्रमका बिच चेम्बर अफ कमर्स प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले कार्यसमिति विस्तार गर्दै अग्रवाललाई उपाध्यक्ष पदमा मनोनीत गरेका हुन् । अग्रवाल चेम्बर अफ कमर्स झापाका संस्थापक अध्यक्ष हुन् ।
अध्यक्ष श्रेष्ठले उपाध्यक्षमा अग्रवाललगायत महासचिवमा विराटनगरका अंशु बञ्जरा, सदस्यमा विराटनगरकै राम अवतार अग्रवाल, दीपबहादुर खापुङ, योजित प्रधान र रञ्जित भगतलाई मनोनीत गरेको बताइएको छ ।
उपाध्यक्षमा चयन भएका अग्रवाल झापाका पुराना पत्रकार एवम् सञ्चार उद्यमी पनि हुन् । जेसीज, रोटरीलगायतका थुप्रै सामाजिक सङ्घ–संस्था तथा औद्योगिक–व्यावसायिक सङ्गठनमा नेतृत्व तहमा रहेर सफल र सक्रिय काम गर्दै आएका अग्रवाल झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको न्यु मेची टाइम्स दैनिकका सञ्चालक पनि हुन् ।
 

सम्बन्धित समाचार