२०८३ असार २ गते , मंगलबार
सिमेन्टको पिलरले लागेर एक बालकको मृत्यु
झापा । इलाम नगरपालिका १ नेपालटारमा सिमेन्टको पिलरले लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेल डाँडा घर भएका बचासदीप रिजालका ८ वर्षीय छोरा ग्रेसदीप रिजालको सिमेन्टको पिलर ढल्दा लागेर मृत्यु भएको हो ।
हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागि बनाई राखेको पक्की सिमेन्टको पिलर ढल्दा ती बालकलाई लागेको थियो । भित्तामा ठाडो पारेर राखेको पिलर अचानक ढल्दा किचेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याउँदा बाटैमा मृत्यु भइसकेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।