२०८३ असार १ गते , सोमबार

सामाजिक सञ्जालमा आतंकपछि होन्डाले भन्यो : यतिबेला कुनै मार्केटिङ अभियान चलाएका छैनौँ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ७ गते , विहीबार
सामाजिक सञ्जालमा आतंकपछि होन्डाले भन्यो : यतिबेला कुनै मार्केटिङ अभियान चलाएका छैनौँ

काठमाडौं । होन्डा नेपालले मार्केटिङका लागि अहिले कुनै अभियान नचलाएको स्पष्ट पारेको छ। हालै सामाजिक सञ्जालमा ‘होन्डा ७० औँ वार्षिक उत्सव’ लेखिएको स्क्याम फैलिएपछि होन्डाले बिहीबार एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो।

‘स्क्यामले सामाजिक मिडिया प्रयोगकर्ताहरूलाई होन्डा स्कुटर जित्ने मौका भनी लोभ्याएर प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी लिएको जानकारी गराउँदछौँ,’सूचनामा लेखिएको छ,‘ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई स्क्याममा संलग्न नहुन र कुनै पनि व्यक्तिगत जानकारी नदिन अनुरोध गर्दछौँ।’ अहिले सामाजिक सञ्जालभरि फैलिएको उक्त स्क्याम  फेसबुकलाई रिपोर्ट गराएको होन्डाले जनाएको छ। 

सम्बन्धित समाचार