२०८३ असार १ गते , सोमबार

इलामको नेपालटारमा आगलागी, ४४ लाख बढीको क्षति

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ५ गते , मंगलबार
इलामको नेपालटारमा आगलागी, ४४ लाख बढीको क्षति

इलाम । इलाम नगरपालिका १ नेपालटारमा एक घर जलेर नष्ट भएको छ । बजारभन्दा २ किलोमिटर तल पूवाखोला तर्फको डिपी डाँडामा रहेको तेजबहादुर गुरुङको घरमा आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रण गर्नका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयको भनाइ छ । आगलागीबाट ४४ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार