एनआरएनए माल्टाको उपाध्यक्षमा झापाका नवीन गिरीको उम्मेदवारी
काठमाडौं । एनआरएनए माल्टाको उपाध्यक्ष पदमा नवीन गिरीले उम्मेदवारी दिएका छन्। झापाको हल्दीबारी-३ का नवीन गिरी सन् २०१७ देखि माल्टामा रहेका छन्।
उनी झन्डै ५ वर्षदेखि माल्टामा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय छन्। कम्प्युटर साइन्स अध्ययन गरेका गिरी नेपालमा रहँदा लामो समय शिक्षण पेशामा आवद्ध थिए। उनले माल्टामा स्थापित नेपाल माल्टा कम्युनिटीको अध्यक्ष तथा विभिन्न सामाजिक संघ-संस्थामा आवद्ध रहेर काम गरिसकेका छन्।
उनले एनआरएनए माल्टाको आसन्न निर्वाचनमा साझा प्यानलु नामक समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए। उनले आफू माल्टामा बस्दै गर्दा नेपालप्रतिको माया र आगामी पुस्तासहित नेपाली समुदायप्रतिको आफ्नो जिम्मेवारीबोध गरेको र व्यक्तिगत तथा प्रोफेसनल अनुभवबाट सिकेका विशेषज्ञतालाई समुदायसामु पुर्याइ केही योगदान गर्न सक्छु भन्ने विश्वास रहेको बताए।