२०८३ असार १ गते , सोमबार
चार वर्षीया बालिकाको जलेर मृत्यु
ओखलढुङ्गा। सिन्धुलीको फिक्कल–५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङ्गा मानेभञ्ज्याङ–६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाई गोठमा आइतबार दिउँसो हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाइटर सल्केर फुस्को छानो भएको गाई गोठमा आगलागी हुँदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । गोठमा रहेका दुई वटा गाई र चार वटा बाख्राको समेत जलेर मृत्यु भएको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।