२०८३ असार १ गते , सोमबार

व्यवसायी मैनालीको अध्यक्षतामा उद्योग वाणिज्य सङ्घ हल्दिबारी गठन

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २ गते , शनिबार
व्यवसायी मैनालीको अध्यक्षतामा उद्योग वाणिज्य सङ्घ हल्दिबारी गठन

झापा । उद्योग वाणिज्य सङ्घ हल्दिबारी गठन गरिएको छ । उद्योगी व्यवसायीहरूको एक भेलाले युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा उद्योग वाणिज्य सङ्घ हल्दिबारी तदर्थ समिति गठन गरिएको हो ।  गाउँपालिकाभित्र उद्योग र व्यवसाय सञ्चालन गरी बस्ने व्यवसायीहरूको हक अधिकारको लागि छाता सङ्गठन उद्योग वाणिज्य सङ्घ गठन गरिएको जनाइएको छ । 
९ सदस्य तदर्थ समितिका सदस्यहरू कृष्णप्रसाद प्रसाईँ , महेशलाल मेचे, सत्येन्द्र कुमार कर्ण, कुमार कार्की , नीरज दाहाल, सुनिल बाह्रकोटी, खड्ग लावती र नेत्र विक्रम बिमली रहेका छन् ।  गाउँपालिकाभित्र २० भन्दा बढी ठुला उद्योग र करिब ७ सयको हाराहारीमा व्यापार व्यवसाय सञ्चालनमा रहेको जनाइएको छ । 

सम्बन्धित समाचार