कामायनी मुम्बईले दिए सामाजिक अभियन्ता राजवंशीलाई प्रशंसापत्र
झापा । कोभिड-१९ मा ‘जीवन बचाऔँ’ अभियानका अभियन्ता तथा गायक गीतकार विष्णु राजवंशीलाई भारतको कामायनी मुम्बईले प्रशंसा प्रमाणपत्र प्रदान गरेको छ ।
गीतकार राजवंशीले कोभिड १९ को महामारीपछि लगाइएको लकडाउनमा विपन्न परिवारको हात मुख जोड्न समस्या भइरहेको बेला राहत स्वरूप ‘जीवन बचाऔँ’ अभियान अन्तरगत खाद्यान्न सामग्री वितरण गरेका थिए । विपन्न परिवारलाई सहयोग गरे राजवंशीलाई कामायनी मुम्बईले सो प्रमाण–पत्र प्रदान गरेको हो । कामायनी मुम्बईले मानवीय सेवामा निरन्तर तत्पर रहेका अभियन्ता राजवंशीलाई कोभिड–१९ योद्धाको रुपमा प्रशंसा प्रमाण–पत्र प्रदान गरेको हुन ।
सामाजिक अभियन्ता राजवंशी कोरोना महामारीको पहिलो तथा दोस्रो लहरमा समेत निरन्तर खाद्यान्न सामग्री वितरण गरेका थिए । उनले विराटनगर महानगरपालिका, जहदा गाउँपालिका तथा विराटनगर अगल बगल क्षेत्रका रोजगारी गुमाएका तथा ज्याला मजदुरी न पाएर समस्यामा परेका परिवारलाई सहयोग गरेका हुन् । साथै कामायनी मुम्बईले भारतीय सञ्चारकर्मी ईन २४ न्युज टेलिभिजनका प्रधान सम्पादक अवानिन्द्रा आशुतोषलाई पनि प्रशंसा पत्र दिएका छन् ।