२०८३ असार १ गते , सोमबार
पानी सर्किएर भद्रपुरमा एक युवकको मृत्यु
भद्रपुर । भद्रपुरमा पानी सर्किएर एक युवकको मृत्यु भएको छ । पानी सर्किएर मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासि पानी सर्किएर युवक श्रेष्ठ बेहोस भएका थिए । पानी सर्किएर बेहोस भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उनको उपचारकै क्रममा क्रममा बिहान ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।