२०८३ असार १ गते , सोमबार
मोटरसाइकल दुर्घटनामा परी वडा सदस्य राईको मृत्यु
इलाम । मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ वडा नम्बर ४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको छ । घर फर्कने क्रममा दमक– रवि सडक खण्डको रतुवा पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा राईको मृत्यु भएको हो ।
मे ८ प ६०४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका राई मोटरसाइकलसँगै सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै उनलाई बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।