२०८३ असार १ गते , सोमबार

ललिता निवास प्रकरणमा मुछिएका गच्छदारलाई १० लाख धरौटीमा छाड्न आदेश

sajilo news
पार्थ मण्डल
२०७८ असार ३० गते , बुधबार
ललिता निवास प्रकरणमा मुछिएका गच्छदारलाई १० लाख धरौटीमा छाड्न आदेश

झापा । विशेष अदालत काठमाडौंले ललिता निवास प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारलाई धरौटीमा छाड्न गर्न आदेश दिएको छ । बुधबार विशेषमा उपस्थिति भएका गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालत काठमाडौंले आदेश दिएको हो । 

गच्छदार आजै धरौटी रकम बुझाएर छुट्ने तयारीमा छन्। अहिले उनी विशेष अदालतमै छन्।  गच्छदार लामो समय देखि फरार रहेका थिए । मंगलबार शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि उनी बुधबार बिहान अदालतमा उपस्थित भएका हुन् ।

सम्बन्धित समाचार