२०८३ असार १ गते , सोमबार
भद्रपुरका सङ्क्रमितलाई छिमेक लघुवित्तद्वारा १० हजार सहयोग
झापा । छिमेक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कचनकवलले कोरोना संक्रमित सेवाग्राहीका परिवारलाई आर्थिक रकम सहयोग गरेका छन् ।
वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै कोरोना महामारीबाट प्रभावित विपन्न परिवारलाई थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिका–१ निवासी सेवाग्राही वन्दना लिम्बुको श्रीमान् धनबहादुर लिम्बुलाई नगद १० हजार गरेका हुन् ।
धनबहादुर कोरोना संक्रमित भई अस्पतालमा उपचार गराई घर फर्किसकेका छन् । लघुवित्तले धनबहादुरलाई सो रकम हस्तान्तरण गरेको संस्थाका लक्ष्मण साहले जानकारी दिए ।