२०८३ असार १ गते , सोमबार

ठुलो आगलागी हुनबाट जोगियो झापाको राजगढ बजार

sajilo news
पार्थ मण्डल
२०७८ असार २९ गते , मंगलबार
ठुलो आगलागी हुनबाट जोगियो झापाको राजगढ बजार

झापा । झापाको बाह्रदशी गाउँपालिका ३ स्थित राजगढ बजार ठुलो आगलागी हुनबाट जोगिएको छ । राजगढ बजारमा मङ्गलवार दिउँसो मे १ ख १८७३ नम्बरको अलकत्रा तताउने ट्रकमा विद्युत् करेन्ट छुन पुग्दा आगलागी भएको थियो । बिच बजारमा ट्रकमा आगलागी भएपछि चालक बिर्तामोड ३ बिर्ता बजार बस्ने कमल भण्डारीले सुझबुझले आगो दम्किँदै गरेको ट्रक खुल्ला ठाउँमा लगेर बजारलाई आगलागी हुनबाट जोगाएका हुन् ।

आगलागी भएको खबर इलाका प्रहरी कार्यालय राजगढमा प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षकको कमान्ड खटिएको प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो पूर्णरुपमा निभाएको प्रहरीले जनाएको छ । सो आगलागीबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त हुँदा नब्बे लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार