२०८३ असार १ गते , सोमबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, कोसी ब्यारेजको १२ ढोका खोलियो

sajilo news
पार्थ मण्डल
२०७८ असार २ गते , बुधबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, कोसी ब्यारेजको १२ ढोका खोलियो

झापा। मङ्गलवार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोसी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोसीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।

उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोसीले खतराको तह पार गरेको छैन ।’

सप्तकोसीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठुलो जनधनको क्षति भएको छ ।

सम्बन्धित समाचार