२०८३ असार १ गते , सोमबार

जङ्गली हात्ती छेक्न लगाइएको करेन्टमा परेर झापामा एक महिलाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १ गते , मंगलबार
जङ्गली हात्ती छेक्न लगाइएको करेन्टमा परेर झापामा एक महिलाको मृत्यु

झापा । जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ वर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ ।  आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङ्गो तारमा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् । घाइते बास्कोटाको उपचारको क्रममा बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्लामा हात्ती धपाउन लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर यस अघि चारजनाको मृत्यु भएको छ । जसमध्ये दुई जना बुद्धशान्ति गाउँपालिकाकै रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । रासस

सम्बन्धित समाचार