२०८३ असार १ गते , सोमबार
मन्त्रीपरिषदको बैठक : कतार, मलेसिया र इस्तानबुलको उडान सूचारु गर्ने निर्णय
झापा । तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकबाट इस्तानबुल, कतार, क्वालालम्पुर सहितका देशको उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको हो। ती देशहरूमा लगातार उडान नगरी फरक फरक दिनमा उडान सुचारु गर्ने निर्णय भएको एक मन्त्रीले बताउनुभयो ।
त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिलाको सुरक्षाका लागि टोल फ्री नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ। कुनै पनि महिलालाई कहीं कतै कसैले दुर्व्यवहार गरे ४ अंकको उक्त टोल फ्री नम्बरमा गुनासो गरे तत्काल उद्धार सहित दोषीलाई कारवाही गर्ने उक्त नम्बरलाई थप व्यवस्थित गर्न निर्णय गरिएको हो।