२०८३ असार १ गते , सोमबार

क्यान्सर पीडित भीमाकुमारीको घर निर्माणका लागि सहयोग जुट्दै

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३१ गते , सोमबार
क्यान्सर पीडित भीमाकुमारीको घर निर्माणका लागि सहयोग जुट्दै

झापा । भीमाकुमारी चौधरी राईको घर निर्माणका लागि रकम जुट्ने क्रम जारी छ । नेपाली काँग्रेस शिवसताक्षी नगरपालिकाको नगर समिति र त्यही पार्टीको वडा नम्बर ११ को वडा समितिले निर्माण सुरु गरेको भीमा कुमारीको घर करिब ९८ प्रतिशत निर्माण सम्पन्न भएको छ । अब रंगरोगन गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस शिवसताक्षीको नगर समितिले जनाएको छ ।

सोमबार अस्ट्रेलियामा रहेका नेपालीले नेपाली ५५ हजार नगदै भीमाकुमारीको घर निर्माण उपभोक्ता समितिका संयोजक विनोद ढकाललाई हस्तान्तरण गरेका छन् । नेपाली काँग्रेसको अस्ट्रेलिया जनसम्पर्क समितिले शिवसताक्षीकी अति विपन्न, एकल तथा क्यान्सर पीडित भीमाकुमारीको घर निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।

यो रकम साबिक महाभारा हाल गौरीगंज बस्ने नेत्र पौडेल नेतृत्वमा अस्ट्रेलियामा सङ्कलन भएको नेपाली काँग्रेसले नगर समितिले जनाएको छ । रकम सङ्कलनको नेतृत्व गर्ने पौडेलका अनुसार सन्तोष सिटौला ९झापा०, भीम लुइँटेल ९ओखलढुङ्गा०, निल थपलिया ९चितवन०, नेत्र पौडेल ९झापा०, निरञ्जन प्रसाईँ ९झापा०, राजन सिटौला ९झापा० र रूपक राज मैनालीले भीमाकुमारिको घर निर्माणका लागि अस्ट्रेलियाबाट रकम पठाएका हुन् ।

नेपाली काँग्रेस नगर समितिका अनुसार भीमाकुमारीले उपहार पाउने घरको अधिकांश निर्माण कार्य सम्पन्न भएको छ । रंगरोगन मात्र बाँकी रहेको पार्टीका नगरका सभापति पर्शुराम ढुङ्गानाले बताए । १४ लाख रुपैयाँ घर निर्माण कार्यमा खर्च भएको निर्माण समितिका सहसंयोजक अशोक बस्नेतले बताए । उनका अनुसार सबै रकम दाताहरूबाट प्राप्त भएको हो ।

निर्माण उपभोक्ता समितिका अनुसार भीमाकुमारीको घर निर्माणका लागि सहयोगको बचन दिएका पाटीका नेता कार्यकर्तालाई आफूले कवोल गरेको रकम समितिमा बुझाउन अनुरोध गरेको छ । यसरी कवोल गरेको रकम करिब ६० प्रतिशत सङ्कलन हुन बाँकी छ ।

भिमाकुमारीका श्रीमान् सडक दुर्घटनामा परेर मृत्यु भएपछि उनी लगायत उनका २ छोराछोरी माइती पक्षको संरक्षणमा रहँदै आएका थिए । विपन्नता कै कारण जग्गा र त्यसमा निर्माण हुने घर नभएका कारण उनी माइती पक्षको संरक्षणमा रहेकी हुन्।

स्थानीय सञ्चारमाध्यममा भीमाकुमारी गरिबीका कारण घरको न घाटको भएको समाचार प्रकाशन भएपछि नेपाली काँग्रेस शिवसताक्षी नगर समितिले घर र सो पाटीको वडा नम्बर ११ को वडा समितिले जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सो अनुरूप भीमाकुमारीले घर पाउने भएकी हुन् । बिपी स्मृति दिवसको अवसर पारेर भीमा कुमारीको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट घर पाउनेछन् । त्यसको तयारीका लागि नेपाली काँग्रेस नगर समिति जुटेको सो पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार