२०८३ असार १ गते , सोमबार

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३० गते , आईतबार
रुखको हाँगाले लागेर एक जनाको मृत्यु

झापा । उदयपुरको त्रियुगा नगरपालिका–७ पानी तारे स्थितमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङका –२२ वर्षीय सरोज राई रहेका छन् । आइतबार दिउँसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार