२०८३ असार १ गते , सोमबार

झापामा असार ७ गतेसम्म निषेधाज्ञा लम्बाइयो

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३० गते , आईतबार
झापामा असार ७ गतेसम्म निषेधाज्ञा लम्बाइयो

झापा । झापा जिल्लामा पाँचौ पटक निषेधाज्ञा लम्बाइएको छ ।  जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले असार ७ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । प्रशासनले वैशाख १९ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञा पाँचौ पटक हो ।

बैठकमा खाद्यान्न, माछा-मासु, तरकारी, फलफूल पसलहरू कसरी खुलाउने बारे छलफल भइरहेको  छ । तीन पसलहरु अब प्रत्येक दिन विहान ६ बजेदेखि विहान १० बजेसम्म खुलाउने बारे छलफल भइरहेको जनाइएको छ  ।

सम्बन्धित समाचार