२०८३ असार १ गते , सोमबार

माओवादी केन्द्रको खाद्यान्न बैङ्कबाट भद्रपुरका ५१० विपन्न परिवारलाई खाद्यान्न सामग्री

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३० गते , आईतबार
माओवादी केन्द्रको खाद्यान्न बैङ्कबाट भद्रपुरका ५१० विपन्न परिवारलाई खाद्यान्न सामग्री

झापा । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीले सञ्चालन गरेको खाद्यान्न बैङ्कबाट ५ सय १० विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ । भद्रपुर नगर कमिटीले सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ भन्ने अभियानका साथ नगर क्षेत्रभित्रका ५१० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । अभियानको पहिलो दिनमै १५० परिवारले खाद्यान्न सामग्री वितरण गरिएको नेकपा माओवादी केन्द्रका भद्रपुर नगर इन्चार्ज नरेश सन्जेलले बताए ।

खाद्यान्न सामग्री वितरणमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताबाट १ लाख १० हजार र दाताहरूको सहयोग २ लाख ४५ हजार गरी जम्मा ३ लाख ५५ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको नगर इन्चार्ज सन्जेलले बताए ।

प्रदेश कमिटी सदस्य डिल्ली घिमिरे (हिक्मत) को नेतृत्वमा प्रति परिवारलाई १० केजी चामल, १ केजी दाल, एक लिटर तेल, १ प्याकेट नुन वितरण गरेको
थियो । पाटीको नगर बैठकले पहिलो चरणको राहत वितरण कार्यक्रम स्थगित गरी अब दोस्रो चरणको कार्यक्रममा अन्तर्गत होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई घरघरमा पौष्टिक आहार वितरण गर्ने कार्यक्रम बनाएको इन्चार्ज सन्जेलले जानकारी दिए ।

बैठकले जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनमा सहयोगी बन्नको लागि नगरमा हिक्मतको नेतृत्वमा ११ सदस्य समिति कोभिड तथा विपद् व्यवस्थापन समिति भद्रपुर झापा गठन गरिएको छ ।

सम्बन्धित समाचार